संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भटट्

    माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भटट्

    संघारी न्युज
    १७ पुष २०७९
    1.3k
    Shares

    कैलाली, १७ पुस । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भटट् चयन भएका छन् । दुई दिनदेखि जारी माओवादी संसदीय दलको बैठकले भटट्लाई सर्वसम्मत संसदीय दलको नेतामा चयनमा गरेको हो ।

    दलको नेता छनोट गर्न शनिवार बसेको बैठक विना निष्कर्ष टुंगिएको थियो । आज पुनः बसेको बैठकले भटट्लाई चयन गरेको माओवादी केन्द्र सुदूरपश्चिम अध्यक्ष हरिराम चौधरीले बताए ।

    ११ जना प्रदेश सभा सदस्य रहेको माओवादीभित्र संसदीय दलको नेताको लागि खगराज भट्ट, ओमविक्रम भाट, अक्कल रावल र मान बहादुर धामी आकांक्षी रहेका थिए ।

    अक्कल रावल र मानबहादुर धामीले प्रदेश इन्चार्ज समेत रहेका भटट्लाई समर्थन गरेका थिए । तर भाटले भने शनिबारसम्म दलको नेतामा आफ्नो अडान कायमै राखेपछि सहमति जुट्न सकेको थिए ।

    सहमति जुट्न नसकेपछि आज पुनः बैठक बोलाइएको थियो । अन्तिमसम्म आफ्नो अडान कायम राखेका भाटले पार्टीलाई एक ढिक्का बनाउन र प्रतिश्पर्धात्मक संस्कृतिको विकास गर्न आफ्नो अडान कायम राखेको र पछि अडानबाट पछि हटेको बताइएको एक नेताले जनाए । बाँकी पदाधिकारीको चयन दलको नेताले अर्को बैठकबाट चयन गर्ने बताइएको छ ।

    डडेल्धुरा प्रदेश सभा ९१०बाट निर्वाचित भट्ट माओवादी स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज हुन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com