संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    उद्योगद्वारा नियमविपरीत गिट्टी प्रशोधन

    उद्योगद्वारा नियमविपरीत गिट्टी प्रशोधन

    संघारी न्युज
    २४ पुष २०७९
    1.3k
    Shares

    धनगढी, २४ पुस । कैलालीको एक क्रसर उद्योगले नियमविपरित गिट्टी प्रशोधन गर्दै आएको छ । गोदावरी नगरपालिका–६ लालपुरमा रहेको शिवशक्ति बालुवा प्रशोधन केन्द्रले नियमविपरीत गिट्टी पनि प्रशोधन गर्दै आएको हो ।

    सो उद्योगले बालुवा प्रशोधनको अनुमति मात्रै लिएको तर गिट्टी पनि प्रशोधन गर्दै आएको अनुगमन टोलीले जनाएको छ ।
    कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीकाको नेतृत्वमा कैलालीका केही क्रसर उद्योगको अनुगमन गरिएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बालुवा प्रशोधनको अनुमति लिएर गिट्टी प्रशोधन गर्नु नियमसंगत नरहेको बताए ।

    उनले भने ‘यो उद्योगको काम नियमसंगत देखिएको छैन ।’ उनका अनुसार धनगढी उपमहानगरपालिका–११ स्थित बेलामा रहेको कालिका कन्स्ट्रक्सनले अनुमतिपत्र बिना ढुंगा, बालुवा संलन गरिरहेको छ ।

    त्यस्तै, धनगढी उपमहानगरपालिका–११ बासखेडामा रहेको उच्च कोटी आरएमसी इन्जिनीयरिङसँग पनि नदीजन्य पदार्थ संलन गर्नका लागि कागजपत्र नरहेको टोलीले जनाएको छ । दुई उद्योगले अनुमतिको कागजपत्रबिनै नदीजन्य पदार्थ उत्खनन र संलन गरिरहेको अनुगमन टोलीले जनाएको छ । दुवै उद्योगका सञ्चालक भने नभेटिएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

    अनुगमन टोलीमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, डिभिजन वन कार्यालयका अधिकारीलगायतको सहभागिता थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com