संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा राजेन्द्रसिंह रावल नियुक्त

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा राजेन्द्रसिंह रावल नियुक्त

    संघारी न्युज
    २७ पुष २०७९
    1.2k
    Shares

    कैलाली, २७ पुस । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त भएका छन्।

    सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले बुधबार रावललाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनलाई नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त गरिएको हो।

    रावलले बुधबार २९ जना सांसदको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए। ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसद आवश्यक पर्छ।

    अहिले सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपा एक र स्वतन्त्र एक सांसद छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com