संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ

    नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ

    संघारी न्युज
    २८ पुष २०७९
    999
    Shares

    कैलाली, २८ पुस । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। 

    प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री राजेन्द्रसिंह रावल र २ जना मन्त्रीलाई शपथ खुवाएका हुन्।

    मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख जोशीले सत्तारूढ गठबन्धनबाट थप २ जना मन्त्री नियुक्त गरेका हुन्। रावलले माओवादीका खगराज भट्ट र एमालेकी सन्तोष शर्मा थापालाई पनि नियुक्त गरेका छन्। यद्यपि मन्त्रीहरूको भने मन्त्रालय तोकिएको छैन। 

    उनीहरूले पनि प्रदेश प्रमुख जोशीबाट बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com