हसुलिया । कैलाली जिल्ला कैलारी गाउँपालिकाले हिउँदे अधिवेशनको उद्घाटन समारोहमा पुस अन्तिम दिनदेखि माघ ३ गतेसम्म सार्वजनिक विदा दिने प्रस्ताव पारित गरेको छ । आर्थिक बर्ष २०७९/८० सालको गाउँसभा अधिवेशन (हिउँदे अधिवेशन) गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा यस्तो प्रस्ताव ल्याएको हो ।
पालिकाले टीकापुर घटनालाई राजनितिक घटना, पुस अन्तिमदेखि माघ ३ गतेसम्म माघ पर्वको लागि सार्वजनिक विदा, जिल्ला समन्वय समिति कैलालीका सभापति पदम कलेलको दुखद निधन भएकोले शोक प्रस्ताव पारित छ ।
अधिवेशनमा गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी, वडा नम्बर १ देखि ९ सम्मका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, प्रमुख प्रशासकीय अधिकृृत विरबहादुर ऐर, सामाजिक विकास शाखा यगम कलेल, विभिन्न शाखाका प्रमुख, कर्मचारीहरुको सहभागिता थियो ।
शुक्रबारको कार्यपालिका बैठकबाट विभिन्न विषयगत समितिसँग परामर्श गर्ने, कानून सल्लाहकार, विज्ञसँग विद्येयकबारे छलफल गरी पुनः बस्ने गाउँसभा बैठकमा समितिका संयोजक विकास चौधरीले प्रस्ताव पेश गर्ने गाउँपालिकाका प्रवक्ता दिपेन्द्रबहादुर बमले जानकारी दिए ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै