कैलाली १ माघ । थारु गाउँमा आज विहानैदेखि ढोग लिने र दिनेको चलहपहल छ । थारु समुदायमा माघ पर्व विशेषरुपले मनाउने गर्दछन् ।
माघलाई माघेसंक्रान्ति पनि भनि भनिन्छ । यो पर्व समुदाय अनुसार फरक फरक तरिकाले मनाउने गर्दछन् ।
सबैले आआफ्नो परम्पराअनुसार मनाउँछन्। माघ १ गते का दिन थारु समुदायमा विशेषगरि ढिक्री पकाउछन् भने अन्य समुदायमा तिलको लड्डु, चाकु, घिउ, तरुल, शखरखण्ड, खिचडी खाने प्रचलन छ। थारु समुदायमा माघलाई नयाँ वर्षका रूपमा मनाउछन् । कैलाली, कञ्चनपुर दाङ, बाँके, बर्दियाका थारू गाउँबस्तीमा माघको रौनक नै बेग्लै हुन्छ ।
थारु समुदायमा पुसको अन्तिमदिन माछा, मासु लगायतका मिठो मिठो परिकार बनाएर खाने चलन छ । माघ गते विहानै नुहाई घुवाई गरि आफू भन्दा ठूलासंग अर्शिबाद दिने चलन कायमै छ ।
थारु समुदायमा माघ महिनामै नयाँ कामको सुरुवात र नयाँ व्यवस्था लागू गर्ने प्रचलन छ । जस्तै गाउँको अगुवा, भल्मन्सा, मतहवा, बरघर चुन्ने, वर्ष भरि गरिएको कामको समिक्षा गर्ने गर्दछन् ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै