संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    प्रदेश सभामुख चयनमा सरकारलाई समर्थन गर्न उन्मुक्तिको निर्देशन

    प्रदेश सभामुख चयनमा सरकारलाई समर्थन गर्न उन्मुक्तिको निर्देशन

    संघारी न्युज
    २ माघ २०७९
    1.1k
    Shares

    कैलाली २ माघ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा सरकारलाई समर्थन गर्न निर्देशन दिएका छिन् ।

    सोमबार धनगढी पुगेका अध्यक्ष श्रेष्ठले सभामुख चयनमा सरकारलाई समर्थन गर्ने तर आफू प्रतिपक्षमा नै बस्ने निर्देशन दिएका हुन ।

    उनले भनिन ‘हामी सभामुखको लागि मत हाल्नुपर्छ, तर सरकारमा भने जाँदैनौं । प्रतिपक्षमै बस्छौं ।’

    सुदूरपश्चिम प्रदेशमा आज सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न गर्नैपर्ने संवैधानिक बाध्यता भएपनि सुदूरपश्चिममा सर्वदलिय बैठक बसि प्रदेश सरकारले भोली चुनाव गर्ने निर्णय गरिसकेको हो । यस अघि दुई पटक सम्म बहुमत पुराउन नसकेर सभामुख निर्वाचन हुन सकेन ।

    यहाँ कांग्रेसबाट मानबहादुर रावल र माओवादी केन्द्रबाट भीम भण्डारी सभामुखका उम्मेदवार छन् । यस अघि २८ र ३० गते भएको निर्वाचनमा दुवैले बहुमत ल्याउन सकेका थिएनन् । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचित हुन २७ सांसद आवश्यक पर्छ ।

    पहिलो दिन २८ गते भएको निर्वाचनमा माओवादीका भण्डारीलाई सभामुख बन्न १ मत अपुग भएको थियो । सुरुको दिन एक मत बदर हुँदा भण्डारीले २६ मत पाएका थिए ।

    ३० गते भएको अर्को निर्वाचनमा नागरिक उन्मुक्तिका ७ सांसदले कतै पनि मत नदिएपछि भण्डारी र रावल दुवैको बहुमत पुगेको थिएन ।

    सत्ता साझेदारका नेकपा एमालेका १०, नेकपा माओवादीका ११, नाउपा ७ र राप्रपाको १ साँसदले मतदान गरे पछि भिम बहादुर भण्डारीको पक्षमा २९ जना साँसद हुन्छन् ।

    उत्ता प्रति पक्षमा रहेको नेपाली कांग्रेसका सभामुखका उम्मेदवार मान बहादुर रावल रहेको पक्षमा पक्षमा २३ जना साँसद छन । एक जना भने स्वतन्त्र साँसद छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com