जापानी उखान छ । बिहानको खाना आफूले खानु, दिउँसो साथीसँग बाँडेर खानु र रातिको खाना शत्रुलाई दिनु । यसले दैनिक खानाको तालिका कस्तो हुनुपर्छ भन्ने औंल्याउँछ । बिहान भरपेट खानुपर्छ, दिउँसो त्यसको आधा भाग भए पुग्छ र राति त नखाएकै बेस भन्ने गरिन्छ ।
तर खानपानको यो तालिका विपरीत छ हाम्रो खानपान शैली । हामी बिहान थोरै खान्छौं र क्रमशः त्यो मात्रा बढाउँदै राति अत्यधिक खाइदिन्छौं । जबकि शरीरलाई दिनभरका लागि आवश्यक ऊर्जाको स्रोत भनेको बिहानको नास्ता खाना हो । त्यही नास्ता नै हामीले छुटाउन थालेको पोषणविद्हरु बताउँछन् ।
बिहानको नास्ताले शरीरको पचाउने यन्त्रलाई सक्रिय बनाउँछ र दिनभरको लागि ऊर्जा प्रदान गर्ने विभिन्न अध्ययनमा उल्लेख छ । बिहान उठेपछि मस्तिष्क र मांसपेशीलाई सक्रिय बनाउन पनि बिहानको नास्ता अनिवार्य हुनुपर्छ । यसले खराब कोलेस्टेरोलको मात्रा नियन्त्रण गर्छ भने हृदयरोग र मधुमेहको जोखिम पनि कम गर्ने स्वास्थ्य विदको भनाई छ ।
राति खाना खाएर सुतेपछिको कम्तीमा ९(१० घण्टा हाम्रो पेट खाली हुन्छ । यसपछि गरिने नास्ताले शरीरको ऊर्जा र पोषक तत्वको भण्डारलाई भरपाइ गर्छ । खासगरी विद्यालय जाने उमेरका बालबालिकालाई बिहानको नास्ता एकदमै जरुरी हुन्छ ।
युरोपियन एसोसिएसन अफ टिचर्सका महासचिव जिन क्लाउड गोगोनसँग विद्यालयमा बालबालिका पढाएको लामो अनुभव छ । बिहानको नास्ता गरेका बालबच्चा कक्षाकोठामा बढी जागरुक, ऊर्जावान् र सतर्क रहेको उनको भनाइ छ ।
यस्तो विचार राख्नेमा उनी एक्ला छैनन् । विश्व स्वस्थ्य संगठन (डब्लुएचओ)का तर्फबाट एडिनबर्ग विश्वविद्यालयले सन् २००८ मा विद्यालयका बालबालिकाको स्वास्थ्य व्यवहारमाथि गरिएको एक अध्ययनमा पनि यो कुरा उल्लेख थियो ।
के खाने नास्तामा ?
बिहानको नास्तामा चना, उसिनेको अण्डा, सातु, रोटी, भुटेको मकै, भटमास, कोदोको सुप, झोल तरकारी एकदमै उपयोगी हुने पोषणविद्को सुझाव छ । यसैगरी अंकुराएको गेडागुडी, मौसमी फलफूल पनि नास्तामा सामेल गर्नु उपयुक्त हुन्छ । मौसम अनुसार प्रकृतिमा जे उत्पादन हुन्छ, त्यही खानेकुरालाई नास्ताको रुपमा खान सकिन्छ । जस्तो अहिले कन्दमूल पाइन्छ । सखरखण्ड, पिंडालु, तरुल आदि एकदमै राम्रो नास्ता हुन सक्छ ।
पोषणविद् आरेम कार्की भन्छन्, ‘घरकै उत्पादन वा आफ्नै भान्सामा पाकेको ताजा र पोषिलो खानेकुरा खानुपर्छ । बिस्कुट, चाउचाउ वा बजारका प्रशोधित खानेकुरा चाहिं नास्ताको रुपमा खानै हुन्न ।’
यसैगरी खाली पेटमा दही, केरा, बदाम खान राम्रो नहुने उनको भनाइ छ । कफी, दूधको चिया पनि खाली पेटमा खाँदा ग्यास्ट्रिकलगायत समस्या हुन सक्छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै