संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुदूरपश्चिमको उपसभामुखमा कोइलीदेवी चौधरी निर्वाचित

    सुदूरपश्चिमको उपसभामुखमा कोइलीदेवी चौधरी निर्वाचित

    संघारी न्युज
    ३ माघ २०७९
    1.3k
    Shares

    कैलाली ३ माघ । सुदूरपश्चिम प्रदेशको उपसभामुखमा एमालेका कोइलीदेवी चौधरी निर्वाचित भएका छिन् ।

    कैलालीबाट समानुपातिक प्रदेशसभा सदस्य भएका उनी मंगलबार भएको मत विभाजनबाट उपसभामुखमा चयन भईन् ।

    माओवादीका लक्ष्मी बिकले चौधरीलाई उपसभामुखमा निर्वाचित गरियोस् भनेर प्रदेशसभामा पेश गरेको प्रस्तावको पक्षमा २८ मत परेसँगै उनी चयन भएकी हुन् । प्रस्तावको विपक्षमा २३ मत मात्रै खसेको थियो ।

    चौधरीलाई नेकपा एमालेका १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ जना प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।

    मंगलबार बिहानै बसेको प्रदेशसभाको बैठकले सभामुखमा माओवादी केन्द्रका भीमबहादुर भण्डारीलाई निर्वाचित गरेको थियो । उपसभामुख नागरिक उन्मुक्ति पार्टीको भागमा परे पनि उम्मेदवारी भने परेन । 


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com