कञ्चनपुर, ६ माघ । थारु समुदायमा विकरालरुपले देखिएको सिकलसेल र थाइलेसिमिया रोग निवारण गर्न सबैको सहकार्य जरुरी रहेको एक कार्यक्रममा औल्याएको छ । कृष्णपुर नगरपालिका वडा नं. ६ मा निशुल्क परिक्षणको रिर्पोट सार्वजनिक कार्यक्रममा कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले यस्तो बताएका हुन् ।
उनले थारु समुदायमा देखिएका सिकलसेल एनिमिया र थाइलेसिमियाका बिरामीको लागि विशेष स्वास्थ्य प्याकेज ल्याउने प्रतिवद्धता समेत जनाए ।
पालिकामा सञ्चालन गरिएको सिकलसेल एनिमिया तथा थाइलेसिमियाको परीक्षण पछि नगरप्रमुख ओझाले यस क्षेत्रमा सिकलसेल एनिमिया तथा थाइलेसिमिया रोगले विकराल रुप लिइरहेको बताए ।
उनका अनुसार यदि समयमै यस्ता रोगको निराकरण गर्न नसके कालान्तरमा थारु समुदाय निकै ठूलो समस्या आईपर्ने चिन्ता व्यक्त गरे । सिकलसेल एनिमिया तथा थाइलेसिमिया सम्बन्धि नगरपालिकाले विशेष योजनाका साथ छुट्टै युनिट नै खडा गरेर काम गर्ने बताएका हुन् ।
उनले यस क्षेत्रका भुमिपुत्रलाई जोगाउन सबैको दायित्व रहेको भन्दै यो रोग निराकरणका लागि सबैले आ(आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै