संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    अनियमिता रोक्न विकासको जिम्मा महिलालाई

    अनियमिता रोक्न विकासको जिम्मा महिलालाई

    संघारी न्युज
    ८ माघ २०७९
    1.1k
    Shares

    बैतडी, ८ माघ । विकास निर्माणमा अनियमितता भएको गुनासो धेरै आएपछि बैतडीको पातन नगरपालिकाले विकास निर्माणको जिम्मा महिलालाई दिएको छ । विकास निर्माण कार्यलाई गुणस्तरसंगै समयम सम्पन्न गर्न महिलालाई नेतृत्वको जिम्मा दिएको हो ।

    गाउँको भेलाले महिलाहरुलाई योजनाको जिम्मा दिएपछि समयमा काम हुने र पारदर्शी हुने सुझाव आएपछि नगरपालिकाले योजनाको उपभोक्ता समिति अध्यक्षमा महिलालाई चयन गरेको जानकारी दियो ।

    पाटन नगरपालिकाले उपभोक्ता समिति गठन गर्दा महिलालाई प्रमुख पदमा प्राथमिकतामा राख्ने पहिलो कार्यपालिका बैठकबाट नै निर्णय भएको छ । सोही निर्णय अनुरूप अहिले १ नम्बर वडामा निर्माण हुने सबै योजनाको उपभोक्ता समितिमा महिला अध्यक्ष छन् ।

    वडामा २३ वटा योजना कार्यान्वयनको चरणमा छ । सबै योजनाको उपभोक्ता समितिमा अध्यक्ष महिला चयन गरिएको वडाध्यक्ष तर्क ठगुन्नाले जानकारी दिए । विकास निर्माणका काममा महिलाले नै बढी उपयोग गर्ने गरेकाले उनीहरूलाई नै कामको जिम्मेवारीमा राखिएको उपप्रमुख कमलसिंह बोहराको भनाई छ । उनले आफू उपयोग गर्ने कामलाई उत्कृष्ट बनाउने सोचका साथ महिलाहरूलाई जिम्मेवारी दिएको बताए ।

    योजनाको अध्यक्षमा चयन भएका महिलाहरु आफूले लिएको जिम्मेवारी राम्रोसंग बहन गर्ने बताउँछन् । उनी राम्रो काम गरेर देखाउने सोचका साथ काम अगाडी बढाएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com