संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    धनगढीका आठ किसानले पाए पावर ट्रिलर

    धनगढीका आठ किसानले पाए पावर ट्रिलर

    संघारी न्युज
    ९ माघ २०७९
    954
    Shares

    कैलाली, ९ माघ । कृषि ज्ञान केन्द्र कैलालीले ५० प्रतिशत अनुदानमा किसानलाई पावर ट्रिलर हस्तान्तरण गरेको छ। धनगढी उपमहानगरपालिका–७, देवहरियाका किसानले अनुदानमा पावर ट्रिलर प्राप्त गरेका हुन् ।

    देवहरियास्थित दाइजो कृषि सहकारी संस्थामार्फत किसानलाई पावर ट्रिलर उपलब्ध गराइएको सहकारीका अध्यक्ष मानबहादुर रानाले बताए । उनले निवर्तमान भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनीता चौधरीले एक कार्यक्रमका बीच किसानलाई पावर ट्रिलर हस्तान्तरण गरेको जानकारी दिए ।

    आठ जना किसानले पाएको सो अनुदानमा आधा लगानी किसानको र आधा लगानी कृषि ज्ञान केन्द्रको छ।

    कृषि पेसालाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यका साथ कृषि ज्ञान केन्द्रले कैलालीको विभिन्न पालिकाका किसानलाई अनुदानमा कृषि उपकरण उपलब्ध गराउँदै आएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com