संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    रुबी खानसहितका प्रदर्शनकारी पक्राउ

    रुबी खानसहितका प्रदर्शनकारी पक्राउ

    संघारी न्युज
    ९ माघ २०७९
    1.3k
    Shares

    काठमाडौं, ९ माघ । बाँकेका निर्मला कुर्मीको अपहरणपछि मृत्युको घटना छानबिन गरी दोषीलाई कारबाहीको माग राख्दै प्रदर्शनमा उत्रिएका रुबी खानसहितका अधिकारकर्मीलाई पक्राउ गरिएको छ । बबरमहलअगाडि प्रदर्शन गरिरहेका बेला खानलगायतका प्रदर्शनकारीलाई पक्राउ गरिएको हो ।

    काठमाडौं जिल्ला अदालत देखि सिंहदरबार जाने क्रममा प्रहरी उनीहरुलाई पक्राउ गरेको हो ।

    २०७६ चैत १४ मा भारतमा निर्मलाको शंकास्पद मृत्यु भएपछि उनीहरू निरन्तर आन्दोलनमा छन् । यसबीच सरकारी छानबिन समिति बन्यो, जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान पनि गरे, तथापि पीडित पक्ष न्याय पाउन सकेको छैन । मुद्दा अदालतसम्म जान सकेकै छैन । उल्टो, मुख्य आरोपित रहेका कांग्रेस नेता बादशाह कुर्मी हालै बाँके–३ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।

    कुर्मीको न्यायका लागि खगेन्द्र संग्रौला, नारायण वाग्ले, सञ्जिव उप्रेती, अर्चना थापा लगायतका नागरिक अभियन्ताहरूले पीडितको मागमा ऐकवद्धता जनाउँदै आएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com