संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    त्रिनगर भन्सार नाकामा ‘सेरा’ र ‘लिली’द्धारा अनुगमन

    त्रिनगर भन्सार नाकामा ‘सेरा’ र ‘लिली’द्धारा अनुगमन

    संघारी न्युज
    ९ माघ २०७९
    1.1k
    Shares

    कैलाली, ९ माघ । कैलालीको त्रिनगर भन्सार नाकामा ‘सेरा’ र ‘लिली’ द्धारा अनुगमन थालिएको छ । प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली, वडा प्रहरी कार्यालय धनगढी र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीको सयूक्त टोलीले नाकामा अनुगमन गरेका हुन् ।

    वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमको नेतृत्वमा उक्त अनुगमन गरिएको छ । वडा प्रहरी कार्यालयका बमले नाका क्षेत्रमा हुने चोरी तस्करी तथा लागु औषधको ओसार पसारलाई रोक्न कुकुर ‘सेरा’ र ‘लिली’लाई लिएर अनुगमन गरिएको प्रहरीले जानकारी दिए ।

    प्रहरीको आकस्मिक चेकजाँच गर्ने कार्यअन्तर्गत सीमानाकाबाट हुने लागु औषध तस्करी र विष्फोटक पदार्थको ओसारपसार नियन्त्रण गर्न तालिम प्राप्त कुकुर त्रिनगर नाकामा परिचालन गरिएको बताए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com