संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुदूरपश्चिमको पहाडी जिल्लामा हिमपात

    सुदूरपश्चिमको पहाडी जिल्लामा हिमपात

    संघारी न्युज
    १० माघ २०७९
    1.1k
    Shares

    बैतडी, १० माघ । सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात शुरु भएको छ । बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड र सिगासलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको जनाइएको छ ।

    सिगासका किसान दानसिंह बोहराका अनुुसार गए रातिदेखि मौसममा बदली आएसँगै आज बिहानदेखि हिमपात भएको हो । वर्षा र हिमपातका कारण चिसो बढेको छ ।

    चिसोले बालबालिका, दैनिक ज्याला मजदुरी गर्ने, वृद्धवृद्धा बढी प्रभावित भएका छन् । चिसोबाट बच्न न्यानो लुगा लगाउन, झोलिलो खाने कुरा खाना र घरबाहिर ननिस्कन स्थानीय सरकारले आग्रह गरिएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com