संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुदूरपश्चिमका उपसभामुख चौधरी पार्टीको जिम्मेवारीबाट अलग

    सुदूरपश्चिमका उपसभामुख चौधरी पार्टीको जिम्मेवारीबाट अलग

    संघारी न्युज
    १२ माघ २०७९
    945
    Shares

    धनगढी, १२ माघ । सुदूरपश्चिम प्रदेशका उपसभामुख कोइलीदेवी चौधरीले पार्टीको जिम्मेवारीबाट अलग भएका छिन् । उनी नेकपा एमाले पाटीबाट उपसभामुख भएका हुन् ।

    उनले प्रेस विज्ञप्तिमा आफू उपसभामुख पदमा रहँदासम्मको लागि आबद्ध पार्टी एमालेका सम्पूर्ण जिम्मेवारीबाट अलग भएको उल्लेख गरेका छिन् । उपसभामुख पदमा आफ्नो भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीबाट अलग भएको विज्ञप्तीमा लेखिएको छ ।

    चौधरी माघ ४ गते उपसभामुख पदको शपथ ग्रहण गरेका थिइन् । सत्ता साझेदार दल एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उनी उपसभामुखमा निर्वाचित भईन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com