कञ्चनपुर । धक्का शिविरका एक महिला जंगली हात्तिको आक्रमणबाट घाईते भएका छिन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र खर काट्न गएका ५५ वर्षीया लल्लु सार्की बुधबार दिउँसो जङ्गली हात्तीको आक्रमणबाट घाइते भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र शाहका अनुसार घाईत भएकी महिला लालझाडी गाउँपालिका–६ ढक्का शिविरका हुन् । उनी खर काट्न निकुञ्ज गएकी थिईन् ।
प्रहरीले हात्तीको आक्रमणबाट गम्भीर घाइते भएको महिलाको बेलौरी अस्पतालमा उपचार भइरहेको जानकारी दिए । गत पुसको तेस्रो साता पनि शुक्लाफाँटा नगरपालिका–१२ मा जङ्गली हात्तीको आक्रमणबाट एक स्थानीय घाइते भएका थिए ।
निकुञ्जले मध्यवर्ती क्षेत्रका उपभोक्ताका लागि भन्दै यहाँ दुई दिन खरखडाइ खुला गरेको थियो ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै