धनगढी, १२ माघ । सुदूरपश्चिम प्रदेशमा फूटकर (बोतल) मा पेट्रोलियम पदार्थ बिक्री गर्न नपाइने प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरतबहादुर चौधरीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमको आधिकारिक बिक्रेता बाहेक अरुले पेट्रोलियम पदार्थ बिक्री गर्न नपाइने बताइएको हो ।
यसरी गैरकानूनी तरिकाले पेट्रोलियम पदार्थ बोतल तथा जर्किनलगायतका भाँडामा राखी बिक्री गर्न रोक लगाएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।उनले भने “कार्यालयबाट भएको अनुगमनमा अवैधरुपले पेट्रोलियम पदार्थ बिक्रीवितरण भएको पाइएको छ ।”
विज्ञप्तिमा अति प्रज्वलनशील पदार्थ खुलारुपले बिक्रीवितरण तथा भण्डारण गर्दा आगलागीका घटना निम्तिनुका साथै मानवीय र भौतिक क्षति हुने भएकाले रोक लगाइएको प्रहरी नायब उपरीक्षक चौधरीले बताए ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै