धनगढी, १२ माघ । टीकापुर नगरपालिका–१ ब्लक नं.१४ का सीमा कठरिया उत्कृष्ट पाठक पुरस्कार पाएका छिन् । टीकापुर सामुदायिक पुस्तकालयले पुस महिनाको उत्कृष्ट पाठकको रुपमा कठरीयालाई रु १० हजार रुपैयाँ सहित सम्मान गरेको हो ।
टीकापुर सरोकार समुहले टीकापुरमा पुस्तक अध्ययन संस्कृतिलाई बढाउन अध्ययन गर्ने पाठकलाई उकृष्ट पुरस्कार दिदै आएको छ । पाठकहरुले टीकापुर सामुदायिक पुस्तकालयमा आएर महिना भर अध्ययन गर्नेमध्ये उत्कृष्ट एक पाठकलाई प्रत्येक महिना रु दशहजार नगद सहित प्रशंसापत्र दिदैं आएको छ ।
वीरेन्द्र विद्या मन्दिर टीकापुरका पुर्व प्रधानध्यापक एवम् साहित्यकार धनन्जय तिमिल्सिनाले बिजेता कठरियालाई उक्त पुरस्कार हस्तान्तरण गरेका थिए । तिमिल्सिनाले पढने संस्कृति घटदै गएको बेला सरोकार समूहले पाठकमा अध्ययनतर्फ रुची बढाउन यो पुरस्कार व्यवस्था गरेकोमा खुशी व्यक्त गरे ।
टीकापुर सरोकार समूहको तर्फबाट पौष महिनाको पुरस्कारको सौजन्य हाल दक्षिण कोरियामा कार्यरत समूहका सदस्य रेवन्त रावलले गरेका थिए । कार्यक्रममा पुस्तकालय अध्यक्ष ताराप्रसाद जोशीको अध्यक्षतामा भएको थियो ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै