संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    बाढी प्रभावित क्षेत्रमा स्नेह केन्द्र संचालन

    बाढी प्रभावित क्षेत्रमा स्नेह केन्द्र संचालन

    संघारी न्युज
    ५ असोज २०७९
    1.2k
    Shares

    कैलाली । कैलारी गाउँपालिका र भजनी नगरपालिकामा स्नेह केन्द्र (बालबालिका मैत्री स्थल) संचालन भएको छ । बाढी प्रभावित गर्भवती, सुत्केरी महिला, किशोरी, बालबालिका तथा जेष्ठ नागरिकहरुलाई लैङिक हिंसा जोखिम न्यूनिकरणकोलागि स्नेह केन्द्र संचालन गरेको हो ।

    ओरेक नेपाल, राष्ट्रिय महिला मानव अधिकार रक्षक संजाल र तरङगिनी फाउण्डेशनले कैलारी गाउँपालिका र भजनी नगरपालिकाको समन्वयमा स्नेह केन्द्र सञ्चालन गरेको ओरेक नेपालका कैलाली संयोजक विनु रानाले जानकारी दिइन् । उनका अनुसार सो केन्द्रमा केयर नेपाल यूनिसेफले आर्थिक सहयोग हो ।

    स्नेह केन्द्रमा १५ जना सुत्केरी महिला, १६ जना बालबालिका गरि ३१ जनाले सेवा लिईरहेका छन् । उनीहरुलाई खाने, बस्ने सबै व्यवस्था गरिएको केन्द्रले जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com