संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    नास्ट कलेजको वार्षिकोत्सवको अवसरमा रक्तदान

    नास्ट कलेजको वार्षिकोत्सवको अवसरमा रक्तदान

    संघारी न्युज
    १८ माघ २०७९
    1.1k
    Shares

    कैलाली, १८ माघ । नास्ट कलेज कैलालीले २३औं वर्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नास्ट रेडक्रस सर्कलको आयोजनामा ६० जनाले रक्तदान गरेका हुन् ।

    रक्तदान गर्नेमा यस एकेडेमीका विभागिय प्रमुख, उपप्रमुख, कर्मचारी र विद्यार्थी रहेको गरेको सूचना सम्प्रेसन समितिले जानकारी दिएको छ ।

    समितिका अनुसार शिक्षक नायक रमेश चन्द भण्डारी र रमेश खड्काको संयोजनमा भएको रक्तदान कार्यक्रममा प्रमुख अतिथि नास्टका प्रबन्ध निर्देशक शिवहरी मुडभरी शर्मा रहेका थिए । उनले नास्ट एकेडेमी विभिन्न अवसर पारे सामाजिक कामहरु गर्दै आइरहेको बताए ।

    प्रबन्ध निर्देशक मुडभरीले नास्टको वार्षिकोत्सवको अवसर रक्तदान गर्ने सम्पूर्णलाई धन्यबाद दिदै रक्तदान गर्नु नै जीवनदान रहेको बताउँदै रगत दिन मिल्ने जो सुकैले अवधि पुगेपछि दान गरिहाल्न सुझाव दिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com