कैलाली, १९ माघ । कैलारी गाउँपालिकाले विद्युत राजश्व संकलन गर्न क्यूआर कोड सेवा सुरु गरेको छ ।
गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले एक कार्यक्रमका बिच क्यूआर कोडको उद्घाटन गरेका हुन् । उनले क्यूआर कोड सेवा सुचारु भएपछि सेवाग्राहीलाई आफ्नै मोवाइल मार्फत राजश्व शुल्क तिर्न सजिलो हुने बताए ।
अध्यक्ष चौधरीका अनुसार दुई/ तीन वटा वडामा जग्गा हुने किसानले पायक ठाउँबाट राजश्व बुझाउन सक्नेछन् । अब वडा–वडामा धाईराख्नुपर्ने झंझटबाट किसान मुक्त भएको अध्यक्ष चौधरी बताए

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐरले राजश्व संकलनलाई व्यवस्थित गर्न क्यूआर कोड सेवा सुरु गरेको जानकारी दिए । क्यूआर कोड मार्फत राजश्व बुझाउने व्यवस्था सबै वडामा लागु भएको उनले बताए ।
पालिकाले अहिले सम्म राजश्व संकलन नगद रुपैयाँ बुझ्दै आईरहेको बताउँदै अब यो सेवाबाट सबैलाई सहज हुने बताए । क्यूआर कोड सेवा सुरु पश्चात सिधै बैंक खातामा जम्मा हुने भएकोले राजश्वको रकम बैंक दाखिला ढिलाहुन सक्ने समस्याबाट मुक्त भएको प्रमुख प्रशासकीय अधिकृत ऐरले बताए ।
कार्यक्रममा पालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष दिपेन्द्र बहादुर बम, वडा नम्बर २ का वडा अध्यक्ष विकास चौधरी, गाउँपालिकाका कर्मचारी र वडा सचिवहरुको सहभागिता रहेको थियो । छलफल कार्यक्रममा एनआइसी एशिया बैंकको हसुलिया शाखाका प्रवन्धक उमेश पाण्डेले सहजीकरण गरेका थिए ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै