संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सांसद पक्राउको विरोधमा लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध

    सांसद पक्राउको विरोधमा लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध

    संघारी न्युज
    २० माघ २०७९
    1.2k
    Shares

    लुम्बिनी, २० माघ । प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीलाई पक्राउ गरेको विरोधमा नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध पारेका छन्।

    शुक्रबार प्रदेश सभाको बैठक शुरू हुने बित्तिकै उन्मुक्ति पार्टीका सांसदले विरोध जनाए। उनीहरूले सांसद चौधरीलाई रिहा गर्न माग गर्दै नाराबाजी गरेका थिए।

    सांसदहरूले नाराबाजी गरेपछि सभामुख वसन्त घर्तीले प्रदेश सभाको बैठक स्थगित गरेका छन्। केही समयका लागि बैठक स्थगन गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

    सम्पत्तिमा आगजनीको मुद्दामा दोषी ठहर भएका सांसद चौधरीलाई माघ १९ गते बाँकेको कोहलपुरबाट पक्राउ गरिएको थियो। उनलाई कैलाली कारागार चलान गरिएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com