संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    थारु संस्कृति पुस्तान्तरण गर्न माघ मिलन कार्यक्रम

    थारु संस्कृति पुस्तान्तरण गर्न माघ मिलन कार्यक्रम

    संघारी न्युज
    २१ माघ २०७९
    1.1k
    Shares

    कैलाली, २१ माघ । कैलालीको भजनी नगरपालिकाले माघ मिलन कार्यक्रम २०७९ सम्पन्न गरेको छ ।

    भजनी नगरपालिका वडा नं १ को आयोजनामा ‘हमार संस्कृती, हमार पहिचान, संस्कृति बचैना हमार अभियान’ भन्ने मुल नाराका साथ थारु समुदायको नयाँ साल माघ पर्वको अवसरमा कार्यक्रम गरेको हो ।

    वडा नं.१ का वडा अध्यक्ष तथा कार्यक्रम संयोजक धर्मेन्द्र श्रेष्ठको सभापत्विमा भएको कार्यक्रममा कैलाली निर्वाचन क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य गंगाराम चौधरी प्रमुख अतिथी रहेका थिए ।

    कार्यक्रममा संस्कृति संरक्षणकालागि माघ मिलन कार्यक्रमले सहयोग पुर्याउने बताए । उनले युवा पुस्ताहरुमा भाषा, कला तथा संस्कृति पुस्तान्तरण गर्न चुनौती रहेको बेला यस्ता कार्यक्रमले सहयोग हुने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा निर्वाचन क्षेत्र नं. ३ (क) का प्रदेश सभा सदस्य घनश्याम चौधरी, भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी, नगर उपप्रमुख राजु तिरुवा, भजनी नगरपालिका वडा नं.३ का वडा अध्यक्ष तथा नगर प्रवक्ता विक्रम चौधरी, भजनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्र देव भट्ट लगायतको सहभागिता रहेको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com