काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री बनेका तीनै जनाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका छन। उनीहरूले आइतबार बालुवाटार पुगेर राजीनामा बुझाएका हुन्।
प्रधानमन्त्री दाहालसँगै गत पुस ११ गते सात जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए। त्यसमा एक थिए, रास्वपाका सभापति रवि लामिछाने। उनी उपप्रधानमन्त्री तथा गृहमन्त्रीका रुपमा सरकारमा सहभागी भएका थिए।
त्यसपछि प्रधानमन्त्री दाहालले माघ ३ मा मन्त्रिपरिषद् विस्तार गरेका थिए। चार उपप्रधानमन्त्री तथा तीन राज्यमन्त्री सहित २३ सदस्यीय मन्त्रिपरिषद् विस्तार हुँदा रास्वपाबाट तीन जना थपिएका थिए।
जसमा शिशिर खनालले शिक्षा, विज्ञान तथा प्रविधि र डोलप्रसाद अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका थिए। त्यस्तै, डा। तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी भएकी थिइन्।
अमेरिकी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता नलिएको ठहर भएपछि माघ ११ मा सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गर्ने फैसला गरेको थियो। त्यससँगै लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट राजीनामा दिएका थिए। उनको पार्टी सभापति पद पनि गएको थियो। त्यसपछि रास्वपाका तर्फबाट खनाल, अर्याल र कार्की सरकारमा सहभागी थिए।
सर्वोच्चको फैसला आएको चार दिनपछि माघ १५ मा लामिछानेले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए। उनलाई पुरानै नागरिकताको आधारमा नयाँ नागरिकताको प्रमाणपत्र प्रदान गरिएको थियो।
त्यहि दिन बसेको रास्वपाको केन्द्रीय समिति बैठकले लामिछानेलाई सभापति चयन गरेको थियो। त्यसको भोलिपल्ट प्रधानमन्त्री दाहाललाई भेटेर लामिछानेले गृहमन्त्री नियुक्त गर्न आग्रह गरेका थिए।
सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि लामिछानेलाई गृहमन्त्री नियुक्त गर्नुपर्नेमा जोड दिएका थिए। तर, प्रधानमन्त्री दाहालले सर्वोच्चको फैसलाको पूर्ण पाठ नआउँदासम्म कुनै निर्णय नगर्ने जवाफ दिएका थिए। उनी गृह मन्त्रालय नपाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्री २० दिनमै सरकारबाट बाहिरिए ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै