काठमाडौं २३ माघ । दुर्घटना जाँच आयोगले माघ १ मा पोखरामा भएको विमान दुर्घटनाको प्रारम्भिक कारण पत्ता लगाएको छ।
आयोगका अनुसार यति एयरलाइन्सको ९एन–एएनसी जहाज अवतरण गर्ने क्रममा दुबै इञ्जिनका प्रोपेलर फेदर (निश्चित डिग्री अनुसार छड्के नभई ९० डिग्रीमा रहनु) भएर दुर्घटना भएको देखिन्छ। जहाजको फ्लाईट डाटा रेकर्डर र ककपिट भ्वाईस रेकर्डरको विश्लेषण र अनुसन्धानको आधारमा आफूहरू यस्तो प्रारम्भिक निश्कर्षमा पुगेको आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
“फ्लाईट डाटा रेकर्डर र ककपिट भ्वाईस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त ९एन–एएनसी जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुबै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको देखिन्छ” सदस्य सचिव लामिछानेले भनेका छन्, “अतः उक्त जाहाजका दुबै इन्जिन प्रोपेलर फेदरमा किन गयो भनी यस आयोगले प्राविधिक र मानवीय पक्षहरू बारे थप अनुसन्धान अगाडि बढाईसकेको व्यवहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ।”
फ्लाईट डाटा रेकर्डर र ककपिट भ्वाईस रेकर्डर दुबैको विश्लेषण र अनुसन्धान सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेटीभ ब्यूरो गरिएको हो। छानविनको अन्तिम प्रतिवेदन आउन भने समय लाग्ने लामिछानेले जनाएका छन्।
माघ १ गते ६८ यात्रु र चालकदलका चार सदस्य सहित काठमाण्डौंबाट पोखराका लागि उडेको पोखरा विमान धावनमार्ग नजिकै सेती नदीको खोँचमा दुर्घटनामा परेको थियो। हिमालखबरबाट ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै