संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

    सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

    संघारी न्युज
    २५ माघ २०७९
    1.2k
    Shares

    कैलाली, २५ माघ । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाउने भएपछि प्रदेश सभाको बैठक स्थगित गरिएको छ।

    आज मुख्यमन्त्री रावलले प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची रहेको थियो। दिउसो १ बजे बोलाइएको बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

    प्रदेश सभा सचिवालयका अनुसार मुख्यमन्त्री रावलकै आग्रहमा प्रदेश सभाको बैठक सारिएको हो। नागरिक उन्मुक्ति पार्टीका सांसद उपस्थित नहुने भएपछि मुख्यमन्त्री रावलले बैठक सार्न आग्रह गरेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए।

    नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा नेकपा (एमाले) संसदीय दलका नेता रावल गछ पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। अहिले उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेको छ। उन्मुक्ति पार्टीले रेशम चौधरीलाई रिहा गर्नुपर्ने सर्त राखेको छ।

    ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत २७ सांसद आवश्यक पर्छ। प्रदेश सभामा एमालेका १०, माओवादीका ११ ९सभामुखसहित० र राप्रपा एक सांस्द छन्। सात सांसद रहेको नागरिक उन्मुक्तिले मत नदिए विश्वासको मत पुग्दैन।

    त्यस्तै, प्रदेश सभामा नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का चार र एक स्वतन्त्र सांसद छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com