कैलाली, २६ माघ । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिंदैछन्। बैठक बिहीबार १ बजे बोलाइएको छ।
मुख्यमन्त्री रावलले माघ २५ गते नै प्रदेश सभाबाट विश्वासको मत लिने कार्यसूची रहेको थियो। तर‚ बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसद उपस्थित नहुने भएपछि मुख्यमन्त्री रावलकै आग्रह बैठक स्थगित गरिएको थियो।
नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा नेकपा (एमाले) संसदीय दलका नेता रावल गत पुस २७ गते संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए।
उपधारा २ मा ‘कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ‚’ भन्ने उल्लेख छ। यसरी नियुक्त भएका मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।
मुख्यमन्त्री हुन समर्थन गरेको उन्मुक्ति पार्टीले आफ्नो शर्त पूरा नभए विश्वासको मत बताउँदै आएको छ। उन्मुक्ति पार्टीले रेशम चौधरीलाई रिहा गर्नुपर्ने सर्त राखेको छ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत २७ सांसद आवश्यक पर्छ। प्रदेश सभामा एमालेका १०, माओवादीका ११ (सभामुख सहित) र राप्रपाका एक सांसद छन्। सात सांसद रहेको नागरिक उन्मुक्तिले मत नदिए विश्वासको मत पुग्दैन।
त्यस्तै, प्रदेश सभामा नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का चार र एक स्वतन्त्र सांसद छन्।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै