कैलाली, २६ माघ । नागरिक उन्मुक्ति पार्टीका सांसद काठमाडौंमै बसेपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक फेरि सरेको छ।
सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने भएपछि आज दिउसो १ बजे प्रदेश सभाको बैठक बोलाएको थियो। तर, नागरिक उन्मुक्तिका सांसद नआएपछि अपराह्न ४ बजेसम्मका लागि बैठक सरेको प्रदेश सभा सचिवालयले जनाएको छ। आजै अपराह्न ४ बजे बस्ने गरी बैठक सरेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए।
यसअघि माघ २५ गते दिउसो १ बजे बोलाइएको बैठक पनि बस्न सकेको थिएन। नागरिक उन्मुक्तिका सांसद नआएपछि आज दिउसो १ बजेसम्मका लागि सारिएको थियो।
नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा नेकपा (एमाले) संसदीय दलका नेता रावल गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। अहिले उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेको छ। उन्मुक्ति पार्टीले रेशम चौधरीलाई रिहा गर्नुपर्ने सर्त राखेको छ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत २७ सांसद आवश्यक पर्छ। प्रदेश सभामा एमालेका १०, माओवादीका ११ ९सभामुखसहित० र राप्रपा एक सांसद छन्। सात सांसद रहेको नागरिक उन्मुक्तिले मत नदिए विश्वासको मत पुग्दैन।
त्यस्तै, प्रदेश सभामा नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी) का चार र एक स्वतन्त्र सांसद छन्।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै