संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाह नियुक्त

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाह नियुक्त

    संघारी न्युज
    २६ माघ २०७९
    1k
    Shares

    सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त भएका छन्।

    बिहीबार साँझ प्रदेश प्रमुख देवराज जोशीले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

    यस उपधारामा प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेता मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ। प्रदेश सभामा कांग्रेस सबैभन्दा ठूलो दल रहेको छ। कांग्रेसका १९ सांसद छन्।

    यअसघि प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। नेकपा ९एमाले० संसदीय दलका नेता रावलले नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री बनेका थिए। अहिले नागरिक उन्मुक्तिले मत नदिएपछि विश्वासको मत पाउन सकेनन्।

    नवनियुक्त मुख्यमन्त्री शाहले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ।

    ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १९, एमालेका १०, माओवादीका ११ (सभामुखसहित), नागरिक उन्मुक्तिका सात, नेकपा (एकीकृत समाजवादी)का चार र राप्रपा एक तथा स्वतन्त्र सांसद एक जना छन्। विश्वासको मतका लागि २७ सांसद आवश्यक पर्छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com