संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    एलपीएल प्रतियोगितामा सत्यवती र गुराँस एकेडेमी विजयी

    एलपीएल प्रतियोगितामा सत्यवती र गुराँस एकेडेमी विजयी

    संघारी न्युज
    २८ माघ २०७९
    1.3k
    Shares

    धनगढी, २७ माघ । कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) अन्तर्गत शुक्रबार सत्यवती एकेडेमी अत्तरिया कैलाली र गुराँस एकेडेमी अत्तरिया कैलाली विजयी भएका छन्।

    पहिलो खेलमा सत्यवती एकेडेमीले शारदा बिद्या निकेतनलाई ६८ रनले पराजित गर्यो। सत्यवतीले दिएको १६५ रनको लक्ष्य पछ्याएको शारदाले १८.३ ओभरमा ९७ रनमा सबै विकेट गुमायो। तेश्रो जितका साथ सत्यवतीले सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

    शारदाको ब्याटिंगमा अशोक धामीले सर्वाधिक २५ रन तथा हृदय बिठारीले १५ रन बनाए। सत्यवती एकेडेमीको बलिंगमा अभिषेक कोइरालाले ३ तथा जित साउद र सुजन गौतमले २र२ विकेट लिए। निरज भट्ट र युबराज खत्रीले १/१ विकेट लिए।

    यस अघि टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनायो।सत्यवतीको लागि सुजन गौतले सर्वाधिक ४० रन बनाए। यस्तै सोनु अन्सारीले २१, अभिषेक कोइरालाले ३५, इमरान शेखले १९ तथा खगेन्द्र जोशीले १८ रन बनाए। शारदा विद्या निकेतनका राज बमले २ तथा दिपक रोकाया र हृदय बिठारी र राजेन्द्र साउदले १/१ विकेट लिए।

    खेलको प्लेयर अफ द म्याच अलराउण्ड प्रदर्शन गरेका सत्यवती एकेडेमीका सुजन गौतम घोषित भए।दोश्रो खेलमा गुराँस एकेडेमीले होलि फेमिलीलाई ५ रनले पराजित गर्यो। गुराँसले दिएको ११५ रनको लक्ष्य पछ्याएको होलि फेमिलीले २० ओभरमा ९ विकेट क्षेतीमा १०९ रन बनायो।

    होलि फेमिलीको लागि कैलाश क्षेत्रीले सर्वाधिक १९ रन बनाए। अभिषेक बुढाले १४ तथा बिरेन बम, अरुण राना र मनोज खड्काले समान १३ रन बनाए।गुराँस एकेडेमीका बलर सचिन बहादुर मल्लले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १९ रन खर्चिए। उनि खेलको प्लेयर अफ द म्याच समेत घोषित भए। अभिषेक कुँवरले २ तथा सौर्य श्रेष्ठ र रभी बिस्टले १/१ विकेट लिए।

    यस अघि टस जितेर ब्याटिंग गरेको गुराँस एकेडेमीले २० ओभरमा ७ विकेट क्षेतीमा ११४ रन बनायो। उसको लागि सचिन साउदले सर्वाधिक ३२ रन बनाए भने बिशाल बिस्टले २४, तथा अविशेक कुँवरले १२ रन बनाए।होलि फेमिलीका बलर प्रेम ठकुराठीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३२ रन खर्चिए। बिरेन बम, नेहाल दमाई, राहुल भण्डारी र सन्तोष बिस्टले १/१ विकेट लिए।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com