काठमाडौं, २८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासन र विकास एकअर्काको परिपूरक रहेको बताएका छन् । उनले भ्रष्टाचार नियन्त्रण गर्नका लागि सरकार लागिपरेको उल्लेख गर्दै जोकोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘सुशासन र विकास एक अर्काका परिपूरक हुन् । जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अघि बढाउन सरकार प्रतिबद्ध छ ।’
सेवा प्रवाहमा हुने ढिलासुस्ती र अनुचित लेनदेन नियन्त्रण गर्ने गरी सरकारले काम गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सरकार भ्रष्टाचार नियन्त्रण गर्नका लागि हदैसम्म लागिपरेको दोहोर्याए ।
प्रचण्डले भ्रष्टाचार नियन्त्रणसम्बन्धी नयाँ ऐन, संसद्बाट पारित गराउन पारित लागिएको पनि सो अवसरमा जानकारी गराए । यस्तै अख्तियारको सक्रियतामा मात्रै भ्रष्टाचार नियन्त्रणमा सम्भव हुने उल्लेख गर्दै प्रचण्डले भ्रष्टाचार नियन्त्रणमा गरेमा नागरिकको अपेक्षा पनि पुरा हुन सक्ने धारणा राखे ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै