कैलाली, ५ फागुन । कैलालीको जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई सिकलसेल एनिमिया रोग चेकजाँच गर्ने मेसिन हस्तान्तरण गरिएको छ ।
सामाजिक विकास मन्त्रालय प्रदेश आपुर्ति केन्द्र महाशाखाका प्रमुख निरज अर्याल र सेती प्रादेशिक अस्पतालका डा.प्रदिप मिश्रले उक्त मेसिन गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरी र उपाध्यक्ष रेखा देवी कठरियालाई हस्तान्तरण गरेका थिए ।
स्थानीय स्तरमा सिकलसेल रोगको चेकजाँच निःशुल्क हुनु राम्रो रहेको डा. मिश्रले बताए । “थारू जातिको बाहुल्यता रहेको यस गाउँपालिकामा सिकलसेल पनि विशेष गरि थारू समुदायका मानिसमा लाग्ने रोग भएकोले यस ठाउँको लागि यो मेसिन प्रभावकारी हुन्छ ।’
डा. मिश्रले आफ्नो जन्मस्थल क्षेत्र भएकोले यस ठाउँको विकासमा टेवा पु¥याउने आफ्नो कर्तव्य रहेको पनि बताए ।
डा. निरज अर्यालले यो मेसिन चलाउने जनशक्तिको आवश्यकता र ल्यावको तापक्रम मेन्टेनमा चुनौती रहेको बताउदै । प्रदेश सरकारबाट स्वास्थ्य सामग्री, औषधी आवश्यक परेमा सहयोग गर्ने जानकारी दिए ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै