कैलाली, ७ फागुन । राज्य तथा गैरराज्यपक्षबाट २०२२ मा सात हजार भन्दा बढी जना मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट पीडित भएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तथ्यांकमा यस वर्ष ६ हजार ४ सय ७३ घटनामा ७ हजार ३ सय ७६ जना पीडित भएका छन् । सन् २०२१ को तुलनामा सन २०२२ मा मानव अधिकार उल्लंघनका घटनामा १ हजार ९१ जनाले बढेको छ ।
नेपाल मानव अधिकार वर्षपुस्तक २०२३ प्रकाशनको विमोचन गर्दै सुदूरपश्चिम प्रदेशका संयोजक खड्कराज जोशीले राज्यको संयन्त्र नै फितलो भएको कारण अपराधीक मानसिकता भएकाहरुको मनोबल बढ्दै जाँदा मानव अधिकार संरक्षणको पाटो कमजोर भएको बताए।
इन्सेकले गरेको अभिलेख अनुसार, सन् २०२२ मा सुदूरपश्चिम प्रदेशमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा एक हजार १९२ जना पीडित भएका छन्। गत वर्षको भन्दा यो वर्ष ५८३ जना बढी पीडित भए ।
यस वर्ष मानव अधिकार उल्लंघनका घटनामा राज्यपक्षबाट ३४ जना महिला र ३४१ पुरुष गरी ३७५ जना तथा ज्यादतीका घटनामा अन्य पक्षबाट ८७७ जना महिला, १७२ पुरुष र एक जना यौनिक अल्पसङ्ख्यक सहित जम्मा एक हजार ५० जना पीडित रहेको जोशीले जानकारी दिए ।
यस वर्ष राज्यपक्षबाट भएका मानव अधिकार उल्लंघनका घटना अन्तर्गत कारागारमा रहेका ४५ जनाको स्वास्थ्य लगायतका विभिन्न कारणले मृत्यु भएको उल्लेख छ। साथै, कुटपिटका घटनामा चार जना, गिर्तारीका घटनामा ३८ जना, यातनाका घटनामा चार जना तथा अभिव्यक्ति, भेला तथा संगठित हुने अधिकारमा ३० जना महिला र २४५ जना पुरुष गरी २७५ जना पीडित भएका छन्।
साथै, यस वर्ष महिलामाथि हुने हिंसाका घटनामा चार हजार २२७ जना पीडित भएको अभिलेख भयो। यस वर्ष महिला बेचबिखन तथा ओसारपसार प्रयासका घटनामा ४८ जना, घरेलु हिंसाका घटनामा तीन हजार २१ जना, बोक्सीको आरोपमा २३ जना, बलात्कारका घटनामा ६०५ जना, बलात्कार प्रयासका घटनामा १४५ जना, यौन दुर्व्यवहारको घटनामा ४२ जना र बहुविवाहका घटनामा ४२ जना महिला पीडित भएको अभिलेखमा उल्लेख छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै