संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    विश्वासको मत पाउँनमा ढुक्क छुः मुख्यमन्त्री शाह

    विश्वासको मत पाउँनमा ढुक्क छुः मुख्यमन्त्री शाह

    संघारी न्युज
    ८ फाल्गुन २०७९
    1k
    Shares

    धनगढी, ८ फागुन । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहले विश्वासको मत पाउनमा ढुक्क रहेको बताएका छन् । सोमवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकारहरूसँगको भेटघाटको कार्यक्रममा यो सरकार पाँच वर्ष चल्छ भन्नेमा निर्धक्क रहेको बताए ।

    उनले प्रदेश सभामा कुनै पनि दलको प्रष्ट बहुमत नरहेको अवस्थामा सुदूरपश्चिममा मध्यावधि निर्वाचन हुने आशं आउनु स्वाभिक रहेपनि आफूहरु प्रदेश सरकारलाई पूर्ण कार्यकाल चल्ने बातावरण मिलाईरहेको बताए ।

    विश्वासको मतका लागि सबै दलहरुसँग सकारात्मक छलफल भैरहेको बताउँदै मुख्यमन्त्री शाहले भने ‘विश्वासको मतका लागि सबै दलहरूसँग सकारात्मक छन् दिनमा हामी विश्वासको मत लिन्छौँ ।’ सुदूरपश्चिम सरकार ५ वर्ष निरन्तर चल्छ, मध्यावधि निर्वाचनमा जान कुनै दल तयार छैन ।

    मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेश सरकारले दिन सक्ने सबै सुविधाहरू दिन तयार रहेको भन्दै सुदूरमा लगानी गर्न आह्वान समेत गरे ।

    ‘लगानीकर्ता मित्रहरूलाई यो प्रदेश सरकारले के सुविधा दिनुपर्छ , त्यो हामी दिन तयार छौँ । आउनुहोस् तपाईँहरू लगानी गर्नुहोस् ।’ राज्यका तर्फबाट यो चिज भएन भन्ने वातावरण हुन दिँदैनौ । मन्त्री शाहले भने ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com