संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    आजदेखि हात्तीपाइले रोग विरुद्ध औषधी खुवाउदै

    आजदेखि हात्तीपाइले रोग विरुद्ध औषधी खुवाउदै

    संघारी न्युज
    ११ फाल्गुन २०७९
    1k
    Shares

    धनगढी, ११ फागुन । कैलालीमा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने अभियान सञ्चालन भएको छ । फागुन ११ देखि २५ गतेसम्म जिल्लाभरि औषधी खुवाउने अभियान रहेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

    जिल्लाभरि करिब सात लाख ९० हजार जनालाई औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयका हात्तीपाइले फोकल पर्सन मीनबहादुर धामीले जानकारी दिए ।

    स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम् सेविकाको प्रत्यक्ष निगरानीमा औषधी खुवाइने उनले बताए । कैलालीमा औषधी खुवाउने अभियान ११ औँ पटक हो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com