धनगढी, १४ फागुन । कैलालीको धनगढीमा आयोजना हुन लागेको सूचना प्रविधि प्रदर्शन ‘मेला’ (क्यान इन्फोटेक) २०७९ को तयारी अन्तिम चरणमा पुगेको छ ।
कम्प्युटर एशोशियसन नेपाल कैलालीको आयोजनामा फागुन १६ गते देखि २० गतेसम्म हुन लागेको मेलाको तयारी अन्तिम चरणमा रहेको शनिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।
प्रदर्शनीको यो दोस्रो संस्करण हो । धनगढीमा २०७२ सालमा ओम प्यालेसमा प्रथम प्रदर्शनी शुरु भएको थियो । दोस्रो संस्करण सन २०२० मा सञ्चालन गर्ने भएपनि कोभिड महामारीका कारण हुन सकेको थिएन । आयोजक एसोसियनसनका अध्यक्ष यज्ञराज ओझाले दोस्रो संस्करण २०२० मै सञ्चालन गर्ने भनिएपनि कोभिड महामारीका कारण गर्न नसकिएको बताए ।
सात बर्षपछि सञ्चालन हुन लागेको मेलालाई प्रविधिका सामाग्री खरिद विक्रीभन्दा पनि सूचना, जानकारी तथा प्रविधिको विकासमा जोड दिइने छ । मेलामा सूचना प्रविधिको बारेमा जानकारी दिने, नविनतम प्राविधिक सामग्रीको प्रदर्शनी गरिने, साईबर सेक्युरेटि सम्बन्धी जानकारी दिइने मुल आयोजक समितिका संयोजक नरेन्द्रसिंह धामीले बताए ।
इन्फोटेक मेला मुल संयोजक नरेशसिंह धामीका अनुसार देश विदेशमा भित्रिएका नविनतम प्रबिधिको बारेमा मेलामा जानकारी दिइने छ । त्यसैगरी सवै प्रकारका प्रबिधिहरुको एउटै ठाउँमा प्रदर्शनी गरिने छ । यसका साथै प्राबिधिक शिक्षा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर सेमीनारको पनि आयोजना गरिने छ । ‘पछिल्लो समय सामाजिक सञ्चालनदेखि सरकारी वेभ सर्भरमा साईबर आक्रमण हुन थालेको छ,’ धामीले भने, ‘त्यसबाट कसरी बच्ने र सुरक्षाका उपाय कसरी अपनाउने भन्ने बारेमा सूचना प्रबिधि मेलामा जानकारी गराइने छ ।’
प्रबिधिको प्रयोगसंगै बालबालिकाहरु मोबाइल तथा कम्यूटरमा बढी समय व्यतित गर्ने गरेको अवस्थामा उनीहरुलाई गलत बाटोमा जानबाट कसरी रोक्ने भन्ने बारेमा पनि मेलामा जानकारी गराइने इन्फोटेक २०२३ का निर्देशक टेकराज पनेरुले बताए । ‘अहिले बालबालिकाले धेरै समय मोबाइल र कम्प्यूटरमा विताउने गरेका छन्,’ उनले भने, ‘बालबालिकाले त्यसमा कस्ता साईट हेर्ने गरेका छन् भनेर कसरी पत्ता लगाउन भन्ने बारेमा पनि मेलामा जानकारी गराइने छ, ती साईट कसरी हटाउने भन्ने बारेमा पनि जानकारी गराइने छ, त्यसैले इन्फोटेक २०२३ सवै नागरिकका लागि महत्वपुर्ण हुने छ ।’
मेलामा विद्यार्थीले उत्पादन गर्ने प्राबिधिक सामग्रीको पनि प्रदर्शनी हुने छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै