धनगढी, १४ फागुन । संघमा फेरिएको समीकरणका कारण सुदूरपश्चिम प्रदेश सरकार सुरक्षित रहने निश्चित भएको छ । सुदूरपश्चिम प्रदेश सरकारलाई अहिले नेपाली कांग्रेसले नेतृत्व गरिरहेको छ । नयाँ समिकरणले प्रदेश सरकार निरन्तरता पाउने सुनिश्चित भएको हो ।
प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नयााँ समिकरणले राहत मिलेको छ । कुनै पनि दलको बहुमत नरहेको यो प्रदेशमा उनलाई विश्वासको मत पाउन सकस थियो । तर, राष्ट्रपति निर्वाचनका लागि संघमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी लगायतका आठवटा दलको नयाँ समीकरण बनेपछि शाहले विश्वासको मत पाउनेमा ढुक्क भए । उनी अब ‘सेफ जोन’ मा प्रवेश गरेका छन् ।
तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम ठूलो दलको संसदीय दलका नेताको हैसियतले शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपाली कांग्रेसको नेतृत्वमा अहिले नेकपा (एकीकृत समाजवादी) पार्टी सम्मिलत सरकार छ । माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका उनले एक महिनाभित्रै विश्वासको मत लिनु पर्नेछ ।
मुख्यमन्त्रीले सम्भवतः फागुन १८ गते नै विश्वासको मत लिने नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले बताए । यहाँ विश्वासको मत प्राप्त गरेर राष्ट्रपतिको निर्वाचनमा भाग लिने उल्लेख गर्दै उनले केन्द्रमा बनेको समीकरणले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत पाउन अझ सहज भएको बताए । उनले नेकपा (माओवादी केन्द्र) ले अब सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने उल्लेख गरे ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै