संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    मुख्यमन्त्री शाहले २१ गतेभित्र विश्वासको मत लिने

    मुख्यमन्त्री शाहले २१ गतेभित्र विश्वासको मत लिने

    संघारी न्युज
    १७ फाल्गुन २०७९
    1.1k
    Shares

    कैलाली, १७ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यही फागुन २१ गतेभित्र विश्वासको मत लिने तयारीमा छन् । मुख्यमन्त्री शाहका स्वकीय सचिव रामबहादुर विष्टका अनुसार २१ गतेभित्र विश्वासको मत लिने तयारी भएको हो ।

    संघीय सत्ता समीकरण बदलिएपछि सुदूरपश्चिमका मुख्यमन्त्रीले सहजै विश्वासको मत प्राप्त गर्ने विश्वास रहेको विष्टले बताए । कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाह नेतृत्वको सरकारले माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदको विश्वासको मत पाउने अपेक्षा गरेका छन् । माओवादी केन्द्रका सांसद अक्कलबहादुर रावलले आफ्नो दलसँग मुख्यमन्त्रीले औपचारिक छलफल नभए पनि अनौपचारिक भेटघाटमा २१ गतेभित्र विश्वासको मत लिने तयारी रहेको बताए ।

    एकीकृत समाजवादी भने सुरुदेखि नै सत्ता साझेदार भइसकेको छ । यसअघि विश्वासको मत पाउन नसकेपछि एमालेका राजेन्द्रसिंह रावल नेतृत्वको सरकार ३० दिनमै ढलेको थियो ।

    त्यसपछि प्रदेशसभाको सबैभन्दा ठूलो दलका हैसियतले कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्री नियुक्त भएका थिए । विश्वाको मत प्राप्त गर्न २७ मतको आवश्यकता पर्छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com