संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुदूरपश्चिमका छ जना महिला अटोचालक सम्मानित

    सुदूरपश्चिमका छ जना महिला अटोचालक सम्मानित

    संघारी न्युज
    २४ फाल्गुन २०७९
    1k
    Shares

    कैलाली,२४ फागुन । ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले ६ जना अटो चालक महिलालाई सम्मान गरेको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रलायले अटो चलाएर दैनिक जिविकोपार्जन गरिरहेका अटोचालक महिलाहरुलाई सम्मान गरेको हो ।

    सम्मानित हुनेमा भगवती देवी कुँवर, सविता चौधरी, छुटमनिया चौधरी, ईश्वरी नाथ, मिरादेवी चौधरी र बास्मती दहितलाई जनमी नगद १० हजारसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।

    यस्तै धनगढी लेडि जेसिजले पनि विभिन्न क्षेत्रमा योगदान पुर्याएका महिलाहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेमा परिवार बाल गृहका संचालन सानू चौधरी, सामाजिक अभियान्ता लक्ष्मी बोगटी कुँवर, साहित्यकार श्रेष्ठ प्रिया पत्थर, कराँते खेलाडी गरिमा मल्ल, कला क्षेत्रकी धनेश्वरी रेग्मीलाई दोसल्ला ओढाई सम्मान गरेको हो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com