कैलाली, २४ फागुन । धनगढीको सौराई स्क्वायरले सामाजिक क्षेत्रमा योगदान पुर्याएको भन्दै ९ जनालाई सम्मान गरेको छ । महिला ११३ औँ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा स्क्वायरले बिभिन्न क्षेत्रमा महत्वपुर्ण भुमिका निर्बाह गरि योगदान पुर्याएक महिलाहरुलाई सम्मान गरेको हो ।
सौराई नारी सम्मान कार्यक्रममा निर्मला बागचन्द, सरिता कठायत, गोबिन्दी भट्ट, उन्नति चौधरी ,भारती कुवर, सुल्जित कौर, गिता आले, रमा चन्द र रुपा राइ सम्मानित भएका हुन् ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै धनगढी उपमहानगरपालिकाका उप प्रमुख कन्दकला रानाले अबको बिकास मानविय बिकास रहेको बताउँदै धनगढी नगरपालिकाले पनि अगामी दिनमा मानविय विकासका कार्यक्रमलाई प्राथमिकता दिने बताईन् । उनले मानविय बिकास भए मात्रै सबैको सम्मान हुने तर्क दिईन् ।
सौराई स्क्वायरले आयोजना गरेको सम्मान कार्यक्रमले महिलाहरुमा काम गर्ने हौसला प्रर्दान भएको बिश्वास ब्यक्त अगामी दिन सहकार्य र समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
सम्मानित भएकाहरुको तर्फबाट पत्रकार उन्नती चौधरीले आयोजक टिमलाई धन्यवाद ज्ञापन गरिन् । उनले भनिन् यो सम्मान देखिदा सामान्य देखिएपनि यसले मान्छेलाई थप जिम्मेवार बनाएको बताईन् । आफुले गरेका कामको मुल्याकंन गर्दै सौराई स्क्वायरले सम्मान गरेकोमा धन्यवाद दिदै उनले आफ्नो कर्ममा थप सशक्त भएर लाग्ने प्रतिवद्धा व्यक्त गरिन् ।
सौराई स्क्वायरका प्रबन्ध निर्देशक उमेश बिक्रम शाहको अध्यक्षतामा सम्मान कार्यक्रम सम्पन्न भएके थियो ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै