काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन्।
राष्ट्रपतिका लागि बिहीबार भएको निर्वाचनमा नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेलले निर्वाचित भएका हुन्। पौडेलले ३३ हजार ८०२ मतभार पाएका छन्। राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३१५ मतभार आवश्यक पर्छ।
उनले संघतर्फ १६ हजार ९०६ र प्रदेशतर्फ १६ हजार ८९६ मतभार पाएका छन्। उनका प्रतिस्पर्धी एमालेका नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गरे।
राष्ट्रपति निर्वाचनमा ८३१ मत खसेका थिए। जसमा संघीय संसद्का ३३२ जनामध्ये ३१३ र प्रदेश सभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरेका थिए।
राष्ट्रपति चुनावमा भएको मतदानअनुसार, संघीय संसद्तर्फ २४ हजार ७२७ र प्रदेशतर्फ २४ हजार ८६४ मतभार पुगेको थियो। जसको कूल मतभार ४९ हजार ५९१ रहेको थियो।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै