कैलाली, २८ फागुन । थारु समुदायमा बढी देखिएको वङ्शाणुगत रोग सिकलसेल एनिमिया बारे चिकित्सकहरुबीच ज्ञान आदानप्रदान गर्ने उदेश्यले प्रदेश स्तरीय सम्मेलन गरिएको छ । सुदूरपश्चिमका चिकित्सकहरु शनिबार धनगढीमा भेला भई सिकलसेल एनिमियाको सवालमा चिकित्सकहरुबीच घनिभूत छलफल गरेका हुन् ।
सोसाइटी अफ इन्टरनेशनल मेडिसिन अफ नेपाल (साइमन) को आयोजना डा. सुभेषराज कायस्थ, डा. जगदीश जोशी, डा. राजन पाण्डेय, डा. खगेन्द्र भट्ट, प्रोफेसर डा. भूपेन्द्रकुमार बस्नेत, डा. शेरबहादुर कमर, डा. प्रज्ञा गौतम, डा. कपिल गौतम, डा. निरजकुमार सिंह, डा. उत्तम भट्ट, डा. पुष्पराज अवस्थी, डा. योगेश भट्ट, डा. नवीन चन्द्र भट्ट, डा. ओमकार विष्ट र डा. अस्मिता शर्मा लगायतका १६ जना चिकित्सकले कार्यपत्र प्रस्तुत गरेका थिए ।
सम्मेलनमा भारत, काठमाण्डौं, नेपालगञ्ज र सुदूरपश्चिममा कार्यरत चिकित्सकहरुको सहभागिता थियो । सिकलस एनिमियाले बहु अङ्गमा समस्या गर्ने भएकाले आँखा, हड्डी, पेडियाट्रिक लगायत विषयमा विशेषज्ञ डाक्टरहरुले कार्यपत्र प्रस्तुत गरेको डा. कायस्थले जानकारी दिए ।
विभिन्न विषयका चिकित्सकहरु एउटै ठाउँमा बसेर रोगको बारेमा छलफल तथा विचार मन्थन गरिएकाले सिकलसेल विरामीको हेरचाह र उपचारमा सहज हुने अपेक्षा गरिएको छ ।
अहिले कैलालीका अस्पतालमा उपचाररत एक हजार १९८ र कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा उपचाररत आठ गरी सुदूरपश्चिम प्रदेशमा एक हजार २०६ जना सिकलसेलका बिरामी रहेका जनाइएको छ । सेती प्रादेशिक असपतालमा ८३६, घोडाघोडी अस्पतालमा ३६२ र टीकापुर अस्पतालमा एक जना बिरामीले उपचार गराइ रहेका छन् ।
चिकित्सकहरुका अनुसार सिकल ‘जेनेटिक डिसअर्डर’ बाट हुने वङ्शाणुगत रोग हो । विगतमा मलेरिया प्रभावित क्षेत्रका आदिवासीमा यो रोग बढी छ । नेपालमा थारु समुदायमा यो रोग बढी रहेको छ । वङ्शाणुगत कारणले रातो रक्तकेशिका खराबी भइ हसिया आकारको हुनु सिकलसेल एनिमिया हो ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै