संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    धनगढीले पायो उत्कृष्ट नगरपालिकाको सम्मान

    धनगढीले पायो उत्कृष्ट नगरपालिकाको सम्मान

    संघारी न्युज
    ३० फाल्गुन २०७९
    1k
    Shares

    धनगढी, ३० फागुन । नेपालभरका उपमहानगरपालिकामा धनगढी उत्कृष्ट उपमहानगर भएको छ । धनगढीले संस्थागत विकास, सेवा प्रवाह र वित्तिय सुशासनका क्षेत्रमा सबभन्दा राम्रो काम गरेकाले उत्कृष्ट उपमहानगरपालिका भएको हो ।

    देशकै उत्कृष्ट उपमहानगर घोषीत धनगढी उपमहानगरपालिकालाई नेपाल नगरपालिका संघले उत्कृष्ट नगरको रुपमा आज काठमाडौं एक कार्यक्रमका बीच पुरस्कृत गर्न लागेको छ ।

    देशकै उत्कृष्ट उपमहानगर हुन सफल धनगढी उपमहानगरलाई आज अपरान्ह काठमाडौंको लैनचौरस्थित द मल्ल होटलमा नेपाल नगरपालिका संघको ३० औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मान गर्ने जनाइएको छ ।

    उत्कृष्ट उपमहानगरमा पर्न सफल भएर पुरस्कृत हुने भएपछि धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल पुरस्कार तथा सम्मान लिन काठमाडौं गएको उपमहानगरपालिकाले जनाएको छ ।

    नेपाल नगरपालिका संघ सम्पूर्ण नगरपालिकाहरूको प्रतिनिधिमूलक संस्थाको रुपमा २०५० मा स्थापना भई नगरपालिकाहरूको साझा मुद्दा र हकहितको सवालमा वकालत र पैरवी गर्दै आएको संस्था हो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com