धनगढी, ३० फागुन । सुदूरपश्चिम प्रदेश सरकारले रानाथारू समुदायको खखडेहरा पर्व मनाउँन सार्वजनिक विदा दिएको छ । पर्वको अवसरमा आज कैलाली र कञ्चनपुरमा सार्वजनिक हो ।
यसअघि १ चैतमा सार्वजनिक बिदा दिने निर्णय गरे पनि त्यसलाई संशोधन गरी ३० फागुनमा नै सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारू समुदायले होरी (होली) को अन्तिम दिन खखडेहरा पर्व मनाउँछन् । रानाथारू समुदायमा होरी सबैभन्दा महत्वपूर्ण पर्व हो । यस पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले २०७६ सालदेखि सार्वजनिक विदा दिन थालेको हो ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै