संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    नेपालको आज यूएईसँग प्रतिस्पर्धा

    नेपालको आज यूएईसँग प्रतिस्पर्धा

    संघारी न्युज
    २ चैत्र २०७९
    1.3k
    Shares

    काठमाडौं, २ चैत । आईसीसी विश्वकप लिग(२ को अन्तिम खेलमा आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै छ।

    अहिलेसम्मको अंक तालिकामा स्टकल्यान्ड ५० अंकसहित शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको ओमनको ४४ अंक छ। त्यस्तै, ३९ अंकसहित नामिबिया तेस्रो स्थानमा छ।

    यो लिगबाट शीर्ष तीन टोली विश्वकप क्वालिफायर खेल्न पाउनेछ। विश्वकप क्वालिफायर आगामी असारमा जिम्बाबेमा हुनेछ।

    चौथो स्थानमा रहेको नेपालको ३८ अंक छ। त्यस्तै, पाँचौ स्थानको अमेरिकाको ३५, छैटौं स्थानमा रहेको यूएईको ३३ र अन्तिममा रहेको पपुवा न्युगिनीको ११ अंक छ।

    आजको खेल जितेमा नेपाल ४० अंक जोड्दै तेस्रो स्थानमा रहेर विश्वकप क्वालिफायर खेल्न पाउनेछ। यूएईका लागि पनि आजको खेल महत्पूर्ण छ। आजको खेल जितेमा यूएई पनि अमेरिकासँग बराबरी गर्दै रन रेटका आधारमा पाँचौं स्थानमा उक्लिएर एकदिवसीय वरियता जोगाउने सम्भावना छ।

    लिग(२ मा सात टोलीबीच १३९ खेल भइसकेका छन्। अन्तिम खेल काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बजे शुरु हुनेछ। यो खेलका सबै टिकट बिक्री भइसकेका छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com