कैलाली, ११ चैत । कैलालीमा यस वर्ष सरकारले एक हजार एक सय हेक्टरमा चैते धान खेती विस्तार गर्दैछ । कृषि ज्ञान केन्द्र कैलाली, स्थानीय सरकार र रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फको सहयोग तथा किसानको आफ्नै पहलमा भजनी, टीकापुर, जोशीपुर लगायत क्षेत्रमा चैते धान खेती गर्न लागेको हो ।
कृषि ज्ञान केन्द्र कैलालीको अनुदान सहयोगमा विभिन्न २२ वटा कृषक, कृषि सहकारी र समूह गरी मुख्यमन्त्री नमूना कृषि गाउँ, ब्लक प्रर्दशन, धानबाली प्रवद्र्धन र चैते धान खेती विस्तार कार्यक्रम लागु भएको छ ।
वर्खाको समयमा डुबान हुने क्षेत्रमा चैते धान खेती राम्रो उत्पादन हुने हुँदा यहाँका किसाहरु चैते धान खेति तर्फ आकर्षित भएको बताउँछन् ।

भजनी नगरपालिका ७ का विनिता चौधरी १ विद्या जमिन अधिया लिएर चैते धान रोपेकी छिन् उनी भन्छिन् सरकारले “बाढीले डुबान हुने क्षेत्रलाई चैते धानमा बढी प्रोत्साहन गर्ने गरिएको सुनेकाछौं, तर हामी खेतमा काम गर्ने किसानहरु कहिलै अनुदान पाउँदैनौं ।”
भजनी कैलालीको सबैभन्दा बढी चैते धान लगाउने पालिका हो । तर यो वर्ष भजनी नगरपालिकालेपनि चैते खेतिमा कुनै योजना नल्याएको उनी बताउँछिन् ।
यस क्षेत्र वर्षातमा बाढीले जलमग्न हुने भएकाले चैते धान विकल्पका रुपमा लिएको यहाँका किसानहरु बताउँछन् ।
विनिताको ८ जना परिवारले चैते धान खेति नगरे खाना पुग्दैन । उनीहरुसंग आफ्नो जमिन १० कठ्ठा मात्रै जसले गर्दा अधिया लिएर खेति गरिरहेको बताउँछिन् । सरकारले किसानलाई मल त उपलब्ध गराउन सक्दैन, अनुदान कहाँबाट पाउँनु भन्दै गुनासो गरिन् ।

सोही ठाउँकी माया चौधरीपनि १० देखि चैते धानखेती गर्दै आएको सुनाईन् । उनी भन्छिन् ‘सरकारले खेतमा पसिना बगाउँनेलाई अनुदान दिदैन, जो अनुदान पाउँछ उ खेतमा जादैन ।’ उनीपनि १ विद्या अधिया लिएर खेति गरिरहेकी छिन् ।
खेतमा काम गर्ने किसानले सिँचाइ र रासायनिक मलकोसमेत समस्या भोग्दै आएको माया सुनाउछिन् । उनीहरुले बोरिङ मोटरका माध्यमबाट सिँचाइ गर्दै आएका छन् भने रासायनिक मल भारतीय सीमावर्ती बजारबाट जोहो गर्नुपर्ने बाध्यता छ ।
चैते धानको खेतीमा खर्च भने बढी हुने गरेको उनी बताउँछन् । सिँचाइको सहज सुविधा हुँदैन । बोरिङ मोटरबाट सिँचाइ गर्दा खर्च बढ्छ । समयमै फसल भित्र्याउन नसके वर्षातको समयमा धान खेतमै कुहिन्छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै