संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कैलालीका दुई फार्मेसी सिल

    कैलालीका दुई फार्मेसी सिल

    संघारी न्युज
    १२ चैत्र २०७९
    1.2k
    Shares

    धनगढी । कैलालीका दुई फार्मेसी सिल गरिएको छ । सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको नेतृत्वमा औषधि व्यवस्था विभागको टोलीले अत्तरियामा रहेको सुदूरपश्चिम सामुदायिक अस्पतालको फार्मेसी र नेहा फार्मेसीमा सिल गरेको हो ।

    जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार अत्तरियामा सञ्चालनमा रहेको नेहा फार्मेसी र सुदूरपश्चिमाञ्चल सामुदायिक अस्पतालले संचालन गरेको फार्मेसीमा सिल गरिएको बताए ।

    टोलीले कैलालीका आठवटा फार्मेसी तथा अस्पतालमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा फार्मेसी दर्ता नभएको, नवीकरण नभएको, सञ्चालक अनुपस्थित रहेको, लागूऔषध तथा मानसिक रोगसम्बन्धीका औषधिहरुको अभिलेखिकरण नगरेका लगायतका कमजोरी अनुगमनका क्रममा फेला परेको उनले बताए ।

    सामाजिक विकास मन्त्रालयका योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख हेमराज खडकाले कैलालीका फार्मेसी तथा क्लिनिकहरुबारे मन्त्रालयमा गुनासो बढ्न थालेपछि बजार अनुगमन गरिएको बताए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com