दोधारा चाँदनी । कञ्चनपुरमा दुई वर्षअघि सञ्चालनमा आएको महेन्द्रनगर म्युजियम आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ ।
क्याप्टेन वेद उप्रेती ट्रस्टद्वारा सञ्चालित उक्त म्युजियममा तस्बिर लिने र अवलोकन गर्नेको भीड लाग्ने गरेको छ । म्युजियमभित्र उल्टो तस्बिर लिने ९अपसाइड डाउन० लिनेहरूको आकर्षण देखिन्छ । उक्त म्युजियममा कुर्सी, टेबल, साइकललगायतका सामग्री उल्टो राखिएको छ । तस्बिर लिएपछि उल्टो नै देखिने गर्छ । अहिले म्युजियममा दैनिक सयरडेढ सय जना अवलोकनका लागि आउने गरेका छन् ।
महेन्द्रनगरमात्रै नभएर धनगढी र नेपालगन्जबाट समेत अवलोकनका लागि आउने गरेका छन् । त्यसैगरी म्युजियमभित्र पुरानो हेलिकोप्टर र स्विमिङ पुललगायत यस क्षेत्रका पर्यटकीयस्थलको तस्बिरसमेत राखिएको छ । म्युजियममा यस क्षेत्रका रानाथारू पहिरनमा सजिएका डमी राखिएका छन् ।
“म्युजियमभित्र सुदूरपश्चिमका धार्मिकस्थल र यहाँका संस्कृति झल्किने सामग्री देख्न पाइन्छ”, म्युजियमका सञ्चालक क्याप्टेन उप्रेतीले भने, “अहिले यहाँ आउने आन्तरिक पर्यटक बढ्न थालेका छन् ।” आजदेखि म्युजियममा ‘एयरक्राफ्ट म्युजियम’ समेत सञ्चालनमा आएको छ । “कस्मिक एयरको फोकर–१०० जेट विमानलाई ल्याएर एयरक्राफ्ट म्युजियम बनाइएको हो”, उप्रेतीले भने, “यसमा एकैपटक एक सय जनाले अवलोकन गर्न सक्ने र विमानको ककपिट तथा उडानका विषयमा पनि जानकारी लिन सक्नेछन् ।”
उनले ‘एयरक्राफ्ट म्युजियम’ समेत थपिएपछि सुदूरपश्चिम क्षेत्रको पर्यटनको आकर्षक गन्तव्य बन्ने उल्लेख गर्दै पाइलट र टावरको रेकर्डिङ गरिएको संवादसमेत यस म्युजियममा सुन्न सकिने बताए । म्युजियमले यहाँको पर्यटन विकासमा ठूलो सहयोग पुगेको स्थानीय चित्राङ्ग थापाले बताए । “महेन्द्रनगरमा पर्यटकको नयाँ गन्तव्यका रूपमा म्युजियम स्थापित भएको छ ।” थापाले भने, “म्युजियमले सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुर्याएको छ ।”
पछिल्लो समय म्युजियममा भारतको सीमावर्ती सहरबाट समेत अवलोकनका लागि आउने गरेका छन् । “फोटो र टिकटक बनाउनका लागि उत्कृष्ट स्थान भएकाले म्युजियममा आएका हौँ”, सोमबार म्युजियम घुम्न आएका शुक्लाफाँटाका कमला पन्तले भनिन्, “यहाँ सुदूरपश्चिमका अन्य पर्यटकीयस्थलको फोटो पनि देख्न पाइयो ।”
सामाजिक सञ्जाल र टिकटकमा नयाँ–नयाँ ठाउँको भिडियो पोष्ट गर्न प्रतिस्पर्धा नै हुने गरेको देखिन्छ । “एक जना साथीको टिकटकमा यहाँको भिडियो देखेपछि मलाई पनि हेर्न मन लागेर आएको हुँ”, म्युजियम घुम्न आएका विकास क्षेत्रीले भने, “म्युजियममा धेरै कुरा हेर्न पाइयो ।” पछिल्लो समय यहाँ आएर टिकटक बनाउनेहरूको समेत भीड लाग्न थालेको छ । रातोपाटीबाट ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै