कञ्चनपुर, २२ चैत । कञ्चनपुरको बेलौरी–पुनर्वास क्षेत्रमा बाघ देखिन थालेपछि स्थानीयमा त्रास फैलिएको छ । गत चैत १० गते भारतको दुधुवा नेशनल पार्कमा मेलापात गर्न गएकी पुनर्वास नगरपालिका– १० मदनटोलकी ३२ वर्षीया कलसा सार्कीको बाघको आक्रमणमा परी घटना स्थलमै मृत्यु भएको थियो।
त्यसको एक सातापछि बेलौरीसँग सीमा जोडिएको भारतीय गाउँमा पनि बाघको आक्रमणबाट एक जना भारतीय महिलाको मृत्यु भएको थियो। मंगलबार पनि बेलौरी–पुनर्वासका बिभिन्न क्षेत्रमा बाघ देखा परेको स्थानीयहरुले बताएका छन् ।
पुनर्वास १० भीमबस्ती, पुनर्वास ४ शहिद गौतम चोक, सीमा स्तम्भ नम्बर २०२, २०३, २०४ क्षेत्र बेलौरी १ र २, बेलौरी ६ स्थित भन्सार क्षेत्र देखि बेलौरी ७ र ८ पचुइसम्म बाघ देखापरेको स्थानीयहरुको भनाइ छ ।
यी क्षेत्रहरूमा देखिने बाघ छुट्टाछुट्टै भएको स्थानीयको दाबी छ । बाघको त्रास बढेपछि कुण्डा सब डिभिजन वन कार्यालय पच्कडिया कञ्चनपुरको टोलीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र स्थानीय युवाहरूको टोलीले सीमा क्षेत्रमा निगरानी समेत बढाएको छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै